मलेसियामा नेपालीले गरे नेपाली महिलाको धारिलो हतियार प्रयोग गरि हत्या !

ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।
    २७ कार्तिक २०७७, बिहीबार ०७:१५  मा प्रकाशित
1199 जनाले पढ़िसके









मलेसियाको सेलाङर राज्य स्थित केलाङमा रहेको दर्शन नमस्ते भन्ने नेपाली रेष्टुरेन्टमा एक नेपालीले सोहि होटलमा काम गर्दै आएकी नेपाली मुलुककी आइतमाया मगरको हत्या गरेका छ्न। युवतीको हत्यापछि युवक बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

धारिलो हतियार प्रयोग गरि बुधबार साझ हत्या गरेका हुन । हत्या गर्ने नेपालिको परिचय आउन बाकि रहेको छ। मदिरा सेवन गरि धारिलो हतियार बाहिर बाट लिएर आएका उनले घाटिमा प्रहर गरि हत्या गरेका हुन।

मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।

हत्यारा बेहोस अबस्थामा रहेको कारण मलेसियन  प्रहरीको निग्रानीमा उपचारको लागि ampuan rahima klang अस्पताल पुर्याइएको छ । मृत आइतमायाको शबको मुचुल्का उठाइ पोस्टमार्टमको लागि लगिएको सिधा मिडियालाई जानकारी दिएका छन् । घटनाबारे थप प्रहरिले अनुसन्धान गरिरहेको र किन र कसरी के कारणले हत्या भएको भन्ने बारे पुरा जानकारी आउन बाकि रहेको छ । त्यहि रहेका नेपालीको अनुसार ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको बताएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस