स्याङ्जामा ६० हजार बढी नगद सहित ८ जना जुवाडे पक्राउ

    ३० कार्तिक २०७७, आईतवार १९:४७  मा प्रकाशित
594 जनाले पढ़िसके









स्याङ्जाः जुवातास खेली रहेका ८ जना जुवाडे पक्राउ परेका छन् । स्याङजा जिल्लाको पुतलिबजार न.पा.वडा नं. १० बरजामा जुवातास खेली रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले तास खेल्नेहरू ८ जनालाई पक्राउ गरेको हो ।

नेपाली नगद रु. ५८,४५८/- र भारतीय रु.३,६००/- नगद सहित तास खेलीरहेका ८ जना पुरूष र तास ४२१ पत्ती बरामद गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

उनिहरु माथी “सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर” मुद्धामा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पक्राउ स्वीकृती लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस