समाजसेवी ईशा गुरुङको अपिलमा सियोनालाई यति ठुलाे रकम सहयोग

    ७ मंसिर २०७७, आईतवार १९:१६  मा प्रकाशित
873 जनाले पढ़िसके









स्याङ्जा। बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् । छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ ।

छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उनीहरुको गुनासो छ । हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जानकारी गराएका छन् । यसैक्रममा सियोनाको उपचारको लागि सहयोगी हातहरुलाई सहयोगको अपील पनि गरिएको छ । जसको लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्राञ्चमा सहयोग गर्न अपील गरिएको छ । साथै, सियोना श्रेष्ठकी बुबा सन्दीप श्रेष्ठलाई ९८४७२०६४६६ मा सीधा सम्पर्क गर्न सकिने छ ।

यसै क्रममा युकेबाट अहोरात्र समाज सेवामा लागिपरेकी इशा गुरुङले सामाजिक संजाल मार्फत सहयोगको लागि अपिल गरेकी थिईन । बिगत लामो समय देखि सामाजिक कार्य गरेकी इशाले युकेबाट नेपालमा रहेका धेरै दुखि पिडितको घाउमा मलम लगाईसकेकी छन् । एउटा नेपाली चेली त्यहि माथी आफ्नो देश भन्दा पनि टाढा रहेर पनि दिनरात निस्वार्थ भावनाले समाजसेवा गरेकी इशा ले सोयोनालाइ पनि बचाउनु पर्छ भन्दै आफैले व्यक्तिगत ५० हजार सहयोग गरेकी छन् ।

युकेमा रहेर नेपाली गरीब दुखीहरु आसुँ पुछ्ने काम गरेकी उनले अहिले सियोनालाइ पनि ठुलो रकम जम्मा गरेर खातामा पठाई सकेकी छन् । अहिले उनले सियोना बचाउ अपिल चलाईरहेकी छन् । आजसम्म उनले ३० लाख १३ हजार भन्दा बढि पैसा संकलन गरी सियोना नानु को खातामा पठाई सकेको जानकारी सामाजिक संजाल मार्फत नै जानकारी दिएकी छन् । यति तपाईं हरु नि सयोग गर्न चाहनु हुन्छ भने उनलाई संपर्क गर्न सक्नु हुने छ ।

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठका अनुसार स्पाइनल मस्कुलर एट्रोफी एक प्रकारको जेनेटिक रोग हो । विशेष गरी यस रोगले बच्चाहरुको नशा र मासु सुकाउने रोग हो । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठले भने, ‘सरल भाषामा भन्नुपर्दा चाँहि यसले बच्चाको शरीरलाई चलाउने मांसपेशी हुन्छ, त्यो चाँही सुक्दै जान्छ । त्यसैले यसको प्रारम्भिक लक्षण भनेको बच्चाले समयमा टाउको टेक्न नसक्ने, बस्न नसक्ने, हिँड्न नसक्ने, बढ्दै गएपछि बच्चालाई खाना खान गाह्रो हुने, खाँदा पनि सर्किने र विस्तारै सास फेर्न पनि गाह्रो हुने हुन्छ ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस