आज मंसिर ८ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

    ८ मंसिर २०७७, सोमबार ०७:४४  मा प्रकाशित
389 जनाले पढ़िसके









आज वि.सं.२०७७ साल मंसिर ८ गते, सोमबार । सन् २०२० नोभेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । नवमी तिथि । चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मिनेट र सूर्यास्त बेलुकी ५ः७ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनको अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिक मोह पलाउनेछ । नेतागणसँग सम्बन्ध बढ्नेछ । कला र क्षमताको कदर मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानीामा फाइदा हुनेछ । सवारीसुखमा मोह बढ्नेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ । अध्ययनको चिन्ता थपिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धामा जीत हुनेछ । पद प्रतिष्ठाको विषयमा विवाद हुनेछ । पराइको सहायतामा धन जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । माया पिरती अघि बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)अनावस्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्न ुपर्नेछ । साथिभाइमा सरसापटमा धन जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खुशीयाली मनमा बढ्नेछ । कला संगीतमा सफलता मिल्नेछ । जिम्मेवारीमा जस मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुटुम्ब सुख मिल्नेछ । पुरानो लगानीमा प्रगति देखिन्छ । मीठो खाने लालसा बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यवसायिक यात्रा हुनेछ । जोस र जागरले कार्य सफल हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस