ओली सरकारको विकल्प छैन : मन्त्री पद्मा अर्याल

    १४ मंसिर २०७७, आईतवार २२:०१  मा प्रकाशित
584 जनाले पढ़िसके









स्याङ्जा: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्।

आइतबार स्याङजाको वालिङस्थित एक खानेपानी आयोजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनी प्रश्न उठ्ने गरेको भन्दै ओली सरकारको अहिले विकल्प नरहेकोले द्विविधामा नपर्न आग्रह गरिन्।

मन्त्री अर्यालले भनिन् ‘वर्तमान सरकारको पुरै कार्यकाल रहन्छ, ओली सरकारको नेतृत्वमै देश परिर्वतनकाे दिशामा अगाडि बढेको छ।’

कम्युनिष्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई छ। पार्टीभित्र वहस घनिभूत रुपमा चल्ने भन्दै उनले दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेको बताइन्।

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस