सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

    १९ मंसिर २०७७, शुक्रबार १५:१८  मा प्रकाशित
572 जनाले पढ़िसके









काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ । विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुला गरिएको जनाएको हाे ।

विभागकाे सूचना अनुसार यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गर्नुपर्छ ।

त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । उक्त सम्पर्क नम्बर तल उपलब्ध रहेको छ ।

– टेकपाना

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस