कृषिलाई चापाकोटमा अगाडी बढाउदै नगर प्रमुख शिब कुमार गिरी

    १९ मंसिर २०७७, शुक्रबार २२:३३  मा प्रकाशित
892 जनाले पढ़िसके









स्याङ्जाः  चापाकोट नगरपालिका वडा नंम्बर १० लाई  आलुको पकेट क्षेत्र बनाउने हेतुले ब्यापक रुपमा आलुको बिउ वितरण गरीदै आएको छ । चापाकोट नगरपालिका १० मा बिभिन्न महिलाहरुको समुहरुलाई सो आत्मनिर्भर बनाउनको लागि आलुको बिउ चापाकोट नगरपालिकाले दिईरहेको छ । कृषिलाई चापाकोटमा अगाडी बढाउदै नगर प्रमुख शिब कुमार गिरीले किसानहरुको मन जित्दै आएका छन् ।

स्याङ्जा चापकोट नगरपालिका १० बोटेटारमा पनि  आलुको पकेट क्षेत्र र सबै किसानलाई आत्मनिर्भर बनाई आर्थिक उन्नतीको लागी बोटेटार उध्यमशिल कृषि महिला समुहलाई आलुको बिउ हस्तान्त्रण गरीएको छ । आज शुक्रबार बोटेटारमा एक सानो कार्यक्रमका बिच आलुको बिउ हस्तान्त्रण गरीएको हो ।

यस कार्यक्रमको प्रमुख अथिती चापाकोट नगरपालिकाकी उप-प्रमुख बिमला श्रेष्ठ रहेकी थिइन् , भने विशिष्ट अथिती चापाकोट नगरपालिका सदस्य सुर्य माझीको अग्रसरमा  बोटेटार उध्यमशिल कृषि महिला समुहलाई आलुको बिउ बितरण गरीएको हो । समाज सेवी बुवा उदय राज श्रेष्ठले कृषिबाट नै आर्थिक उन्नती हुने बताउनु भयो । चापाकोट नगरपालिकालाई कृषिमा अगाडि लैजादै आलुको पकेट क्षेत्र घोषणा गर्ने उदेश्यले नेपाली कांग्रेसका नगरप्रमुख शिब कुमार गिरी र उप-प्रमुख बिमला श्रेष्ठ लागि परेका छन् ।

५० जना सदस्य रहेको बोटेटार उध्यमशिल कृषि महिला समुहले १० रोपनीमा आलु लगाउने “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।  यस बोटेटार उध्यमशिल कृषि महिला समुहको अध्यक्ष सविता राना रहेकी छन् ।  कार्यक्रमको सञ्चालन हरि कौशलले गरेका थिए ।

हेर्नुहोस्ः बोटेटार उध्यमशिल कृषि महिला समुहलाई आलुको बिउ हस्तान्त्रण गरीएको झलकहरु

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस