विवाहपछि श्वेताको फेसबुक पोस्टः मैले सिउँदोमा सिन्दुर भरेँ

    २३ मंसिर २०७७, मंगलवार १८:२३  मा प्रकाशित
443 जनाले पढ़िसके









अभिनेत्री श्वेता खड्काले सोमबार लगनगाँठो कसेकी छिन् । सोमबार विवाह भएपछि श्वेताले आफ्नो फेसबुक पेजमा केही तस्वीरहरु पनि राखेकी छिन् । अनि एउटा लामो स्टाटस लेख्दै आफूले नयाँ पाइला चालेको पनि बताएकी छिन् ।

‘मैले सिउँदोमा सिन्दुर भरेँ,’ उनले लेखेकी छिन्, ‘हातमा सप्तरङ्गी चुरा लगाएँ र रङ्गिन पहिरनभित्र आफूलाई सजाएँ ।’ यसलाई उनले आफ्नो जीवनको यात्रामा नयाँ पाइला चालेको बताएकी छिन् ।

जीवनको यो नयाँ अध्यायमा आफूले धेरै गर्नु पर्ने बाँकी रहेको पनि उनले फेसबुक स्टाटसमा लेखेकी छिन् । अनि आफूले नेपाली सिने जगतलाई धेरै गर्नु पर्ने बाँकी रहेको र यसलाई अझ उच्च स्थानमा पुर्याउनु छ भन्ने पनि उनले उल्लेख गरेकी छिन् । निर्माणाधीन माझीटोलको प्रसंगदेखि आफ्नो व्यवसायमा थप नयाँ गर्न आफू अब उत्साहित भएको उनको फेसबुक स्टाटसमा उल्लेख गरिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस