स्याङ्जामा अवैधः उत्खनन् गरेका २ वटा JCB र टिप्कर,ट्याक्टर नियन्त्रण !

    २४ मंसिर २०७७, बुधबार १९:४२  मा प्रकाशित
1285 जनाले पढ़िसके









स्याङ्जाः अवैध उत्खनन् गर्दै गरेका २ वटा JCB र टिप्कर,ट्याक्टर कारवाहीमा परेका छन् । २० गते स्याङजाको कालिगण्डकी गाँउपालिका ५ बास्टारी स्थित कालिगण्डकिको बगरमा अवैध रुपमा उत्खनन गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले बा. २ क. ७७६५ न.को एक्साभेटर –१, लु. २ ख. २४६६ न.को टिप्कर-१ र लु. ४ त. ६५६५ न.कोट्याक्टर -१ नियन्त्रणमा लिएको थियो भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार, २५,०००। जरिवाना गरी छाडिएको छ ।

त्यस्तै, २४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङजा जिल्ला पुतलिबजार नगरपालिका ३ चप्पाखोलामा अवैध रुपमा उत्खनन् गरिरहेको ग. १ क. ३७४६ नं. को JCB नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पुतलीबजार नगरपालिकामा बुझाईएको थियो भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार, रु. १७१४ जरिवाना गरी छाडिएको छ ।

स्याङ्जा जिल्ला भित्र यि यस्ता अवैधः उत्खनन्का घटनाहरु धेरै हुने गरेको छ, कति ठाउँमा सूचनाको आधारमा पक्राउ हुने गरेका छन् भने, धेरै स्थानमा प्रहरीनै बेखबर रहेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस