रियल मड्रिड अन्तिम १६ मा, बेन्जामाको दुई गोल

    २५ मंसिर २०७७, बिहीबार २०:११  मा प्रकाशित
330 जनाले पढ़िसके









काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिड समूह चरणको अन्तिम खेल जित्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

करिम बेन्जामाले दुई गोल गरेपछि जित्नैपर्ने खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बेन्जामाले दुवै गोल पहिलो हाफमा गरे । नवौं मिनेटमा पहिलो गोल गरेका उनले ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

जितपछि ६ खेलबाट १० अंक जोड्दै रियल समूह बीको विजेता बन्यो । अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेलेपछि पनि रियललाई फाइदा भयो ।

रियलसँग पराजित भए पनि ६ खेलबाट ८ अंक जोडेको मोन्चेनग्लाडबाक समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समान ८ अंक नै जोडेको साख्तर भने हेड टु हेडमा मोन्चेनग्लाडबाकसँग पछि पर्दै समूह चरणबाटै बाहिरियो । ६ अंक जोडेको इन्टर चौथो हुँदै समूह चरणबाट बाहिरियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस