विश्वराज पोखरेल एआइजीमा बढुवा

    २६ मंसिर २०७७, शुक्रबार ११:१७  मा प्रकाशित
985 जनाले पढ़िसके









संसदीय समितिको निर्णयको व्यवस्था गर्दै सरकारले विश्वराज पोखरेलाई एआइजीमा बढूवा गरेको छ । बिहिबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डिआइजी) पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको हो । एआइजीमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षक आइजीका रुपमा हेरिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्सिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई एआइजीमा बढूवा गर्न सिफारिस गरेको थियो ।

बुधबार मात्रै राज्य व्यवस्था समितिले ओएन्डएममा थप एक एआइजी पद सिर्जना गरिएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस