भारतमा उत्पादित खोप ६ सयमा पाइने, निजी क्षेत्रलाई पनि बिक्री गर्दै

    २७ मंसिर २०७७, शनिबार ०८:१६  मा प्रकाशित
888 जनाले पढ़िसके









विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी, भारतको सेरम इन्स्टिच्युटले पनि कोरोनाविरुद्धको खोपको स्वीकृतिका लागि आवेदन दिएको छ । कम्पनीले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग सहकार्य गरि खोप विकास गरिरहेको छ । सेरमका प्रमुख, अदर पुनवालाले यसबारे ट्वीट गर्दै भनेका हुन्, “हामीले वाचा गरे अनुरुप यस वर्षको अन्त्यसम्म भारतमै बनेको खोप, ‘कोभिसिल्ड’ लाई आपत्कालीन प्रयोगका लागि स्वीकृति माग गरिसकेका छौँ ।”

यो अनुसन्धानात्मक खोप २ देखि ८ डिग्रीको तापमानमा राख्न सकिन्छ भने भारतमा अत्यन्तै सहज रुपमा वितरण गर्न पनि सकिने बताएको छ जहाँ विश्वकै दोस्रो ठूलो संक्रमण दर रहेको छ । भारतीय मिडियाहरुका अनुसार सेरमले बुझाएको आवदेनमा बेलायत, ब्राजिल र भारतबाट प्राप्त क्लिनिकल डाटाका आधारमा कोभिसिल्ड खोप कोभिड संक्रमणविरुद्ध अधिक प्रभावकारी रहेको उल्लेख गरिएको छ ।

त्यस्तै भारतीय खोप निर्माताहरुका अनुसार सेकेन्डरी बजारमा पनि यो खोप बिक्री गर्ने तयारी भइरहेको छ । निजी क्षेत्रले पनि खोप किन्न सक्ने यो पहिलो संकेत भएको बताइएको छ । खोप भारतमा मार्चदेखि नै खरिदका लागि उपलब्ध हुने बताइएको छ । उत्पादन गर्न यसअघि नै लाइसेन्स प्राप्त गरिसकेको सेरम इन्स्टिच्युट अफ इन्डियाले हालसम्म ४ करोड डोज तयार गरिसकेको र यो महिना १० करोड उत्पादन गर्ने बताएको छ ।

सेरमले एस्ट्राजेनेकाको खोपलाई रिटेलमा झन्डै ६०० भारु मा भारतीय निजी बजारमा बिक्री गर्ने अपेक्षा गरिएको छ । भारत सरकारका लागि भने सेरम इन्स्टिच्युटले उदारवादी मनोसायले, प्रति डोजको ३ डलर निर्धारित गरेको पुनवालाले बताएका हुन् ।
पुनवालाका अनुसार एस्ट्राजेनेका खोप बेलायतमा स्वीकृत हुनासाथै भारतमा पनि आपत्कालीन प्रयोगका लागि छिटै स्वीकृत हुनेछ र आगामी जनवरीदेखि नै प्रयोगमा ल्याउन सकिनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस