दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    १ पुष २०७७, बुधबार १८:४४  मा प्रकाशित
598 जनाले पढ़िसके









सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख ठाँटीकाँध गाउँपालिका–१ का २७ वर्षीय दिनेश शाही रहेका छन् ।

दुल्लु–सुर्खेत सडक खण्डमा सुर्खेतदेखि दैलेख डाँडीमाडी चामल लिएर जाँदै गरेको भे १ त ७४८१ नम्बरको ट्रयाक्टर दुल्लु नगरपालिका–४, कालाखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार ट्याक्टर रोडभन्दा करिब २५ मिटर तल खोल्सामा खस्दा शाहीको घटना स्थलमै मृत्यु भएको थियो । पोष्टमार्टमका लागि शवलाई दुल्लु अस्पतालको शव गृहमा राखिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस