दोहोरो नागरिकता र राहादानी लिएको कसूरमा स्याङ्जाकी “मन्जु” पक्राउ !

    २ पुष २०७७, बिहीबार २०:०३  मा प्रकाशित
1193 जनाले पढ़िसके









स्याङ्जाः नागरिकता र राहदानी दोहोरो लिएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ५ मालेपाटनमा डेरा गरी बस्ने बर्ष ३३ की मन्जु क्षेत्री हुन् । मन्जुले फरक विवरण पेश गरी दोहोरो नागरिकता एंव राहदानी लिएकी थिइन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मन्जु क्षेत्रीको डेरामा खानतलासी गर्दा मन्जु क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारि भएको ४२१०६२-१०-१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६-०२-७५-०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं. र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी बरामद गरी मन्जु क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकी मन्जुलाई “ नागरिकता सम्बन्धी कसुर” मुद्धा दर्ता गरी आजै सम्मानित स्याङ्जा जिल्ला
अदालतबाट ७ दिनको म्याद थप गरी अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस