डोर्जे शेर्पा र फुन्जु लामाले दिए अति बिपन्न चापाकोटका ५५ घर परिवारलाई राहत

बिपन्न ५५ घर परिवारलाई चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि द्वारा बितरण
    ६ पुष २०७७, सोमबार २०:१५  मा प्रकाशित
923 जनाले पढ़िसके









स्याङ्जाः काठमाडौ निवासि डोर्जे शेर्पा र फुन्जु लामा ले चापाकोट नगरपालिका लाई ५५ बोरा २५के जि को चामल, ६ कट्टा दाल, ११० के जि नुन, ६ पेक तेल र बच्चा हरुलाइ जुत्ता राहत स्वरुप उपलब्ध गराएका छन् ।

उक्त राहत चापाकोट नगरपालिका वडा नम्बर ४ को मल्याङ्कोटका अति बिपन्न ५५ घर परिवार लाई चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि द्वारा बितरण गरिएको हो । राहत चापाकोट नगरपालिका वडा नम्बर ४ को मल्याङकोट लाई मात्रै लक्ष्यित गरेर ल्याइयको दोर्जे शेर्पा ले जनाए ।

राहत बितरण गर्दै नगरप्रमुख शिव कुमार गिरि ले राहत उपलब्ध गराएका डोर्जे शेर्पा र फुन्जु लामालाई धन्यबाद दिएका थिए ।राहत बितरण कार्यक्रम चापाकोट नगरपालिका का नगर प्रमुख शिव कुमार गिरि को प्रमुख आतिथ्यता एबम् चापाकोट नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिक्रम शारु को अध्यक्षता मा सम्पन्न भएको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस