स्याङ्जामा स्कुटरमा आगजानी गरेको अभियोगमा रविन पक्राउ

    २९ पुष २०७७, बुधबार १२:०३  मा प्रकाशित
690 जनाले पढ़िसके









स्याङ्गजा – स्कुटरमा आगजनी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको आँधिखोला गाउँपालिका -३ बस्ने २८ वर्षीय रविन क्षेत्री रहेका छन् ।

प्रहरीका अनुसार सोही गाउँपालिका -४ मडुवा बस्ने खिमानन्द सापकोटाको ग ४ प ९६३७ नम्वरको स्कुटरमा गत पुस १४ गते घर नजिकै पार्किंङ गरी राखेको अवस्थामा आगजनी भएको थियो । आगजनी पश्चात घटनाको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाबाट खटिएको प्रहरीले टोलीले उक्त कार्यमा संग्लन रहेको आरोपमा क्षेत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनी उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस