बिमान ठोक्किनु अघि पाइलटले यस्तो भनेका थिए, दु”र्घटनाको रहस्य बल्ल बाहिरियो

    २१ जेष्ठ २०७९, शनिबार ११:२९  मा प्रकाशित
28984 जनाले पढ़िसके









बिमान ठोक्किनु अघि पाइलटले यस्तो भनेका थिए, दु”र्घटनाको रहस्य बल्ल बाहिरियो

मेडे वास्तवमा ‘डिस्ट्रेस’ कल हो जसले कुनै आपतकालीन अवस्थाको वर्णन गर्छ । यो कुनै घातक दु”र्घटनाको आशंकामा भन्ने गरिन्छ । हुन त यो शब्द हवाईजहाज वा जहाजमा विशेषगरी प्रयोग गरिन्छ तर अन्य मामिलामा पनि मेडे शब्दको प्रयोग गर्नुको अर्थ आपतकालीन अवस्था नै हो ।

मेडे भन्ने एक विशेष तरिका हुन्छ । यो शब्द एकैचोटी तीनपटक ठूलो स्वरमा भन्ने गरिन्छ ताकि सुन्ने व्यक्तिमा कतै गलत त सुनिरहेको छैन भन्ने भ्रम नपराेस् ।

त्यसपछि सम्भव भएसम्म, अन्य जानकारी दिने गरिन्छ जस्तै बचाउ दलमा के कति मानिस वा उपकरणको आवश्यकता पर्छ, लोकेशन कहाँ छ, त्यहाँको मौसम कस्तो छ, कति इन्धन बाँकी छ र कतिजना फसेका छन् । डिस्ट्रेस कल आउँदा कन्ट्रोल रुमले सबैकुरा छोडेर त्यसैमा केन्द्रीत हुने गर्छन् ।

के हो यसको इतिहास ?मे डे शब्द फ्रान्सेली शब्द m’aider (me aider– मेरो मद्दत गर्नुहोस्) बाट आएको हो ।सन् १९२० मा लण्डनमा क्रयडन विमानस्थलका एक वरिष्ठ रेडियो अधिकारी फ्रेडरिक स्टेनली म्याकफोर्डलाई एउटा यस्तो शब्दबारे सोच्न भनिएको थियो जुन आपतकालीन स्थितिमा सबै पाइलट र कर्मचारीले बुझ्न सहज होस् ।

समस्या नै उत्पन्न भयो किनभने भोइस रेडियो सञ्चार बिस्तारै साधारण भइरहेका थिए त्यसैले मोर्स कोड एसओएस संकट संकेत जस्तै एउटा शब्दको आवश्यकता थियो । यसका लागि ‘हेल्प’ जस्ता शब्द अंग्रेजी बोल्नेहरुका लागि फिटिक्कै राम्रो विकल्प थिएन किनभने यसलाई सामान्य कुराकानीमा प्रयोग गरिन्थ्यो ।
यतिबेला म्याकफोर्ड लण्डन र पेरिसबीचको ट्राफिक हेर्ने गर्दथे, त्यसैले उनले अंग्रेजी र फ्रान्सेली भाषा दुबैलाई ध्यानमा राखेर शब्द सुझाए MAYDAY (M’aider को अंग्रेजी रुप–यसको फ्रेन्च उच्चरणमा आर साइलेन्ट हुन्छ ।)

सन् १९२७ मा वासिङ्टनको अन्तरराष्ट्रिय रेडियोटिग्राफ कन्भेन्सनले ‘मेडे’ लाई आधिकारिक रुपमा संकटको भोइस सिग्नल घोषित गर्यो जसको प्रयोग जीवनको सबैभन्दा खतरनाक स्थितिका साथै सबैभन्दा गम्भीर स्तरको संकटको संवाद गर्नका लागि प्रयोग गर्न सकिन्थ्यो ।

अन्य थुप्रै शब्द छन्ःआपतकालीन स्थितिबारे जानकारी दिनका लागि अन्य थुप्रै शब्द पनि प्रचलित छ जस्तै प्यान–प्यान । यो पनि एउटा फ्रेन्च शब्द पेनेबाट आएको हो जसको अर्थ ‘ब्रेकडाउन’ हो । यो शब्दलाई मेकानिकल वा मेडिकल इमर्जेन्सीमा प्रयोग गर्ने गरिन्छ ।

यद्यपि, मेडेको तुलनामा यो शब्द कम खतरनाक छ । यदि एकैपटक दुई स्थानबाट मेडे वा प्यान–प्यानको आवाज आउँछ भने कन्ट्रोल रुमले सुरुमा मेड भन्नेलाई मद्दत गर्ने कोसिस गर्छ
यतिबेला आफ्नो अन्तिम कलमा पाइलटले लगातार मेडे भनिरहेको सुनिएको विभिन्न सञ्चार माध्यमले त्यतिबेला जानकारी दिएका थिए । एजेन्सीबाट

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस