मध्य राति बालेन शाहले गरे चमत्कार

    २७ जेष्ठ २०७९, शुक्रबार १०:१६  मा प्रकाशित
323 जनाले पढ़िसके









काठमाडौं – काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस