सवारी दुर्घटनामा सात जनाको मृत्यु

    ३० जेष्ठ २०७९, सोमबार १६:१३  मा प्रकाशित
377 जनाले पढ़िसके









काठमाडौं :

काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९ नम्बरको मिनी ट्रकले बा.७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठ क्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार काँडाघारी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । आइचर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलस्थित सडकमा बा.२० च ४११४ नम्बरको कारको ठक्करबाट आइतबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।

ठ क्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया राधिका बोटेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कार धनीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–७ गोछडाटारमा ना.७ त ३७७५ नम्बरको ट्रयाक्टरको ढाला पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक कावासोती नगरपालिका–१७ बस्ने ५५ वर्षीय शान्तिनाथ महतो रहेका छन् ।

बाराको महागढिमाई नगरपालिका–८ थलही पुलस्थित सडकमा प्र २–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक सूवर्ण गाउँपालिका–७ सनफुल्वा बस्ने ३५ वर्षीय विरूलाल यादव र मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय मेवा चन्द्र यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ हरिहरपुर बस्ने सन्तोष बिकको छोरा ११ वर्षीय सुनिल बिकले चलाएको साइकल आइतबार साँझ दुर्घटना हुँदा सुनिलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका साइकलमा सवार सोही ठाउँ बस्ने वेद प्रसाद भण्डारीको छोरा १४ वर्षीय करण भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नाबिन क्रसरस्थित सडकमा प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले ना.२ ह ६४ नम्बरको अटोलाई सोमबार बिहान ठ क्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार हेटौंडा उपमहानगरपालिका–१२ गुरुविर्ता बस्ने ३५ वर्षीय सुवास सुनारको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फाईल फोटो

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस