आईपीओमा आवेदन दिनेहरुकाे संख्यामा एकाएक नसाेचेकाे परिवर्तन

    ३० जेष्ठ २०७९, सोमबार १६:१८  मा प्रकाशित
281 जनाले पढ़िसके









काठमाण्डाैं

छोटो अवधिमानै नेपालमा लगानीकर्ताहरुको संख्या ५२ लाख पुगेको छ । पछिल्लो समय कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने साधारण सेयरमा लगानी गर्न लगानीकर्ताको संख्या उच्च देखिन्थ्यो तर अहिले भने साधारण सेयरमा आवेदन दिने लगानीकर्ताको संख्या घटेको पाइन्छ ।

पछिल्लो पटक जरी भएका ६ कम्पनीको साधारण सेयरमा लगानीकर्ताले दिएको आवेदनको संख्यामा हेर्दा यो संख्यामा गिरावट देखिएको मानिन्छ ।

नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था देखि रिभर फल्स पावर लिमिटेडसम्म आइपुग्दा लगानीकर्ताको आवेदनको संख्या २५ लाख २३ हजारबाट घटेर १८ लाख ५४ हजार मा आएको छ। यो बीच करिब ७ लाख लगानीकर्ताले साधारण सेयरमा आवेदनमा कमी देखिएको थियो।

नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा ८२८७० कित्ताका लागि २५ लाख २२ हजार ९ सय ५५ लगानीकर्ताले आवेदन दिएका थिए । ग्रीन भेन्चर लिमिटेडमा ३१ लाख २५ हजार ७ सय ५० कित्ताका लागि २१ लाख ६ हजार ५ सय १६ लगानीकर्ताले आवेदन दिएका थिए ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडमा १८ लाख २७ हजार ९ सय ७० कित्ताका लागि २१ लाख ७१ हजार ७ सय ४० लगानीकर्ताले आवेदन दिएका थिए ।

उपकार लघुवित्त वित्तीय संस्थामा २३ लाख ६ हजार २ सय ५० कित्ताका लागि २४ लाख ५१ हजार ४ सय ६२ लगानीकर्ताले आवेदन दिएका थिए ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थामा ३ लाख ९५ हजार ३ सय ३६ कित्ताका लागि २२ लाख २ हजार ३ सय ६१ लगानीकर्ताले आवेदन दिएका थिए भने पछिल्लो समय रिभर फल्स पावर लिमिटेडमा उक्त संख्या घटेर २७ लाख ३० हजार कित्ताका लागि १८ लाख ५ हजार ४ सय ४० लगानीकर्ताले आवेदन दिएका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस