काठमाण्डौँमै मध्यरातमा युवतीलाई गेष्ट हाउसमा लगेर बलात्कार, चार पक्राउ

    ३१ जेष्ठ २०७९, मंगलवार १४:००  मा प्रकाशित
294 जनाले पढ़िसके









काठमाण्डौँ । राजधानी काठमाण्डौकै बौद्धमा गएराति एक युवतीलाई तीन जनाको समुहले बलात्कार गरेको छ । लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई मध्यरातमा लगेर तीन जनाले बलात्कार गरेका थिए ।

प्रहरीले तीन जना बलात्कारमा संलग्न र होटल सञ्चालक समेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् । लुङ्ता गेष्ट हाउसका संचालक झ्याम्पा ढिल्ले शेर्पा रहेका पनि पक्राउ परेका हुन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस