देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम एसपीपी बारे जानकारी दिनुपर्छ : गगनकुमार थापा

    १ असार २०७९, बुधबार १२:५२  मा प्रकाशित
209 जनाले पढ़िसके









काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम एसपीपी बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्‍लाई जानकारी दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले संसद्‍मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताए । सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन, थापाले भने, सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस