फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन करोडौं लाग्दैन: मेयर बालेन शाह

    १ असार २०७९, बुधबार १४:४८  मा प्रकाशित
238 जनाले पढ़िसके









काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन् ।

‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ । त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई(तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने । काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए ।

कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं । जस्तै हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं । गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उनले भने,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो ।’

उनले थपे,‘ब्रुमर बिग्रियो भन्नुभयो । तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ । आजदेखि चलिसक्यो । रेडी भइसक्यो । रकेट साइन्स केही पनि थिएन ।’ बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो। भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस