नयाँ मूल्य : पेट्रोल लिटरकै २०९, डिजेल २०२

    ३ असार २०७९, शुक्रबार १०:२०  मा प्रकाशित
487 जनाले पढ़िसके









काठमाडौं ।नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ ।

निगमका प्रवक्ता उपाध्यायले बिहीबार जारी गरेको विज्ञप्तिमा खाना पकाउने ग्याँसमा निगमलाई ७५१ रुपैयाँ १४ पैसा घाटा रहेको उल्लेख छ । नयाँ मूल्य सूची पनि निगमको अनुमानित १५ दिनको घाटा ४ अर्ब ८१ करोड ९१ लाख नाघ्ने अनुमान छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस