बिन्ध्यबासिनी हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँड गरिँदै, मिति र समय ताेकियाे

    ३ असार २०७९, शुक्रबार १०:४३  मा प्रकाशित
207 जनाले पढ़िसके









काठमाण्डाैं

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि शुक्रबार हुने भएकाे छ ।

उक्त आईपीओको बाँडफाँड भाेलि (असार ३ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडकाे कार्यालयमा दिउँसाे ३ बजेपछि हुने तय गरिएकाे क्यापिटलले जनाएकाे छ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म १८ लाख ४८ हजार ७ सय १ जना लगानीकर्ताले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरकाे २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको लागि भन्दा १६.०९७ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा वितरण गरिनेछ । गाेलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस