यी नै हुन्, पढाउन स्कुल हिँडेकी शिक्षिका राधिका आचार्य बाटैमा अ’स्ताइन …

    ४ असार २०७९, शनिबार १०:४०  मा प्रकाशित
265 जनाले पढ़िसके









नुवाकोट / सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्या’न गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्या’न गएको हो ।**पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको सवारी दुर्घटनामा परी मृ’त्यु भएको हो। विद्यालय जाँदै गर्दा शुक्रबार बिहान उनी चढेको स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा बजारिन पुगेको थियोे ।

आचार्य बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको घर दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा पर्छ । उनी निमावि तहमा स्थायी शिशिकाको रुपमा कार्यरत थिइन् । मृतक आचार्य नेपाली काग्रेस दुप्चेश्वर गाँउकार्यसमितिका सचिव शशी आचार्यको जिवनसंगिनी हुन् ।

इलाका प्रहरी कार्यालय खरानीटारका इन्स्पेक्टर योगेश खरेलले मृतकको शव जिल्ला अस्पताल त्रिशूली पठाइएको वताए । घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि आउने खरेलले जानकारी दिए ।**भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस