साढे चार क्विन्टलको मुसा !

    ४ असार २०७९, शनिबार ११:३७  मा प्रकाशित
320 जनाले पढ़िसके









एक समय यस्तो पनि थियो जब मुसाको तौल ९०७ किलोग्रामसम्म हुने गर्दन्थ्यो, भनिन्छ । अर्थात्, ती मुसा एउटा ठूलो साँढेको तौल बराबर हुन्थे । यद्यपि, नयाँ अनुसन्धानमा यसको एउटा मात्रै अवशेषमा भेटिएको खुलासा भएको छ ।

तर प्राचिन कालमा साधारणतया मुसाको आकार खच्चरको बराबर हुन्थ्यो जसको तौल ४५३ किलोग्रामको आसपास रहन्थ्यो । आजको समयको सबैभन्दा ठूलो मुसा क्यापिबारा हो । यसको तौल ८० किलोग्रामसम्म हुनसक्छ । यिनीहरु मुसा र जलगैँडाको ठिमाहा जस्तो देखिन्छन् ।

पुरातत्वविदले पहिला एक बाइसन (साँढेजस्तो एक प्रकारको जनावर) को तौल र आकार बराबर मुसाको अवशेषको खोजी गरेको भनेको थियो । यसको तौल करिब ९०७ किलोग्राम रहने गरेको पनि बताइयो । यसलाई जोसेफोआर्टिगेसिया मोनेसी नाम दिइएको थियो । तर ताजा अध्ययनमा यति ठूलो मुसा हुँदैन भन्ने तथ्य पत्ता लागेको छ । यसलाई एक दुर्लभ घटना मानिएको छ । नयाँ अनुसन्धानका अनुसार प्राचिन समयमा पनि मुसा सामान्यतया खच्चरको आकार बराबर हुने गर्दथे । ४५३ किलोग्रामको फोबेरेमिस पेटरसोनी यसको उत्कृष्ट उदाहरण हो ।

केस वेस्टर्न रिजर्भ युनिभर्सिटी प्यालियोन्टोलोजिस्ट रसेल एंगलम्यानका अनुसार मानिसले सुरुमा बाइसनको आकारको मुसा त भनिहाले तर यसलाई मापन गर्ने कुनै तरिका उपलब्ध छैन । उनी भन्छन्, ‘यद्यपि, लगातार अनुसन्धान चलिरहेको छ । सही आकार र तौल पत्ता लगाउन मुश्किल छ ।’ त्यसैले रसेलले नयाँ तरिकाको खोजी गरेका छन् । न्युयोर्क टाइम्सले रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित रिपोर्टको आधारमा यो खबर छापेको छ ।

आफ्नो नयाँ तरिकाले मापन गरेपछि रसेल एंगलम्यानले फोबेरोमिस, जोसेफाआर्टिगेसिया र अन्य प्राचिन मुसाको आकारको गणना गरे । त्यसपछि पत्ता लाग्यो कि यसको आकार वास्तवमा कम थियो, तौल पनि कम नै थियो । तर यी हालको मुसाको प्रजातिभन्दा निकै ठूला थिए । यी मुसा त वर्तमान स्तनधारी जीवभन्दा पनि ठूला हुने गर्दथे । २० देखि ८० लाख वर्ष अघि यी मुसा दक्षिणी अमेरिकाको वेटल्यान्डमा घुम्ने गर्दथे ।

उरुग्वेस्थित रिपब्लिक युनिभर्सिटीका पेलियोन्टोलोजिस्ट अर्नेस्टो ब्ल्याङ्कोले सन् २००८ मा जोसेफोआर्टिगेसियाको खप्परको खोजी गरेका थिए । यी मुसाको बंगारा हालका बाघभन्दा तीन गुणा बढी शक्तिशाली हुने गरेको पाइयो । अर्थात्, यिनीहरुका दाँतले ढुङ्गालाई पनि चुरचुर पार्न सक्थे । आफ्नो बंगाराको शक्तिका कारण नै सायद यी शिकारी पंक्षी र तिखो दाँत भएका मरयुपियल्सबाट बच्न सक्दथे ।

प्राचिन ठूला मुसाको आकृतिबारे अनुमान लगाउन निकै मुश्किल काम हो किनभने यसका अवशेष खासै चाँडै भेटिन्नन् । जोसेफोआर्टिगेसियाको हालसम्म एउटा मात्रै खप्पर भेटिएको छ । यस्तै, फोबेरोमिसको खुट्टाको हड्डी भेटिएको छ । यदि जिवाश्म राम्रो अवस्थामा भेटिँदैन भने पुरातत्वविद यी जीवको आधुनिक मिल्दो–जुल्दो जीवको आन्तरिक शारीरिक रचनाको आधारमा शोध गर्छन् । तर वर्तमान मुसामा जोसेफोआर्टिगेसियाको खप्पर वा फोबेरोमिसका मोटा हड्डीसँग न त समानता भेटियो, न नै केपिबाराको शरीर र आन्तरिक अंगलाई प्राचिन मुसाको आकारमा ढाल्दा मेल खायो ।

रसेल एंगलम्यानले भने, ‘जुन आकारको मुसा पहिलो हुन्थे भनेर बताइन्थ्यो वास्तवमा तीभन्दा आधा कम आकारका मुसा मात्रै भेटिने गर्दथे । आजका मुसाका दिमाग सानो हुन्छन्, त्यतिबेलाका ठूला मुसाको दिमाग सानो नै नभएको पनि हुनसक्छ । यदि कुनै मुसा ४५३ किलोग्राम तौलका हुन्थे भने ती साँच्चै नै अहिलेको भन्दा त पक्कै पनि ठूलै हो ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस