अब खाना पकाउने ग्यासको २ थरी मूल्य तोकिने, ग्यासको आकार र गन्ध पनि यस्तो फरक फरक हुने

    ६ असार २०७९, सोमबार १७:५०  मा प्रकाशित
587 जनाले पढ़िसके









अब खाना पकाउने ग्यासकोमूल्य फरक फरक हुने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले छिट्टै नै घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको लागि फरक फरक मूल्य तोकिने बताएका हुन्।

उनले घरायसी प्रयोजनको लागि सहुलियत प्रदान गरिने र व्यापारिक प्रयोजनको लागि परल मूल्य अर्थात् निगमले खरिद गरेकै मूल्यमा बिक्रि गरिने उनले बताए । यस अघि पनि सिलिन्डरको रङ्गको आधारमा घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको लागि फरक फरक सिलिन्डरको ब्यबस्था गरिएको थियो । उक्त प्रणाली असफल भएको स्वीकार गर्दै कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अब रङ्ग मात्र नभई, सिलिन्डरको आकार र ग्यासको गन्ध पनि फरक फरक गरिने बताए ।

उनले अब अन्तराष्ट्रिय बजारमा जस्तै ५ किलो, १४ किलो, १९ किलो ३५ किलो र सो भन्दा बढी तौलको सिलिन्डरको ब्यबस्था गरिने बताए । त्यस्तै उनले अहिले हामीलाई आउने ग्यासको गन्ध पछि थपिएको गन्ध रहेको भन्दै अब घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको ग्यासको गन्ध पनि फरक फरक हुने बताए ।

यस विषयमा एउटा कार्यदलले अहिले प्रतिवेदन बनाईरहेकोले प्रतिवेदन तयार हुँदा साथ घरायसी प्रयोजन र व्यापारिक प्रयोजनको लागि फरक फरक ब्यबस्था गरिने उनले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस