फेरि यति धेरैले बढ्यो पेट्रोलियम पदार्थको मूल्य ? हेर्नुस् कति पुग्यो

    २० असार २०७९, सोमबार २१:५९  मा प्रकाशित
395 जनाले पढ़िसके









काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ९ वृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु ५ वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १८१, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १७२, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी असार २४ सम्ममा खरिद वापत भुक्तानी गर्न नसकेको बक्यौता रकम करिव रु ३० अर्ब रुपैयाँ पुग्ने निगमले जानकारी दिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस