स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु

    ५ श्रावण २०७९, बिहीबार १०:०१  मा प्रकाशित
958 जनाले पढ़िसके









स्याङ्जा । स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

गल्याङ नगरपालिका– ६ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बुधबार साँझ स्थानीय ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।

तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस