कार दुर्घटनापछि उद्धार गरिरहेकाहरूको भीडमाथि बस दौडियो, ३४ जनाको मृत्यु

    ६ भाद्र २०७९, सोमबार १२:५३  मा प्रकाशित
330 जनाले पढ़िसके



काठमाडौं । टर्कीमा एउटा दुखद तर अनौठो सडक दुर्घटना भएको छ । यहाँको गजियनटाप सहरमा शनिबार एउटा कार पल्टिएको थियो । त्यसमा चारजना घाइते भएका थिए ।

एम्बुलेन्स र प्रहरी टोली घटनास्थल पुगेको थियो । वरपर धेरै मान्छे जम्मा भएका थिए । कार दुर्घटनामा परी घाइते भएकाहरुलाई प्राथमिक उपचार गरी एम्बुलेन्समा सार्ने तयारी गरिएको थियो । यसैबीच, अर्को भयानक दुर्घटना भयो।







मिडिया रिपोर्टका अनुसार प्रहरी र मेडिकल टोलीले कारमा सवार मानिसहरूलाई बाहिर निकालेर एम्बुलेन्समार्फत अस्पताल लैजाने तयारी गरिरहेका थिए । घटनास्थलमा धेरै मानिसहरु उपस्थित थिए । सोही क्रममा टाढाबाट आइरहेको निलो रंगको बस अनियन्त्रित भयो ।

अनियन्त्रित बस उद्धारमा खटिएका मानिसहरूको भीडलाई कुल्चिँदै अगाडि हुत्तियो । यो बसले धेरै मानिसलाई कुल्चीयो । अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ । २९ जना घाइते भएको बताइएको छ । यसको भिडियो भाइरल भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस