काठमाडौं । अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ ।
हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।
“प्रारम्भिक विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो। अष्ट्रेलियाको यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस