एका बिहानै सन्दीपले दिए प्रतिक्रिया, आधारहीन आरोपहरू सामना गर्न तयार छु ( भिडियो सहित )

    २४ भाद्र २०७९, शुक्रबार १२:३४  मा प्रकाशित
337 जनाले पढ़िसके









किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए ।

तर एकाएक उनको करियर संकटमा देखिएको छ । कारण हो, प्रहरीमा नाबालिग बलात्कारको अभियोग दर्ता हुनु । यसै बिषयमा सन्दीपले फेसबुकमा स्टाटस राख्दै आफ्नो बचाउ गरेका छ्न , हेर्नुहोस उनको स्टाटस

“म निर्दोष छु र म नेपालको सम्माननीय कानुनमा पूर्ण विश्वास राख्छु। म CPL बाट बिदा लिने निर्णय गरेको छु र मेरो देश फर्कदैं छु। म हो यी सबै आधारहीन आरोपहरू सामना गर्न तयार छु । न्याय होस् निर्दोष र सही सेवा छानबिन गर्नुपर्ने संलग्न सबै प्रति। आशा छ कि कानूनले समान काम गर्नेछ

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस