किशोरी भन्छिन् : सन्दीपले दिनभरी डुलाए, होटलमा पटक पटक बलात्कार गरे (भिडियो)

    २४ भाद्र २०७९, शुक्रबार १८:०७  मा प्रकाशित
221 जनाले पढ़िसके









काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणी गरेको आरोप लागेको छ ।एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित मङ्गलबार प्रहरीमा जाहेरी दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

नेपाली क्रिकेट टीमको कप्तानमा सन्दीप लामिछाने ! —जाहेरीपछि बालिकाको विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले उक्त घटनामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गरी जनाएको छ । लामिछाने अहिले लिग क्रिकेट खेलका सिलसिलामा विदेशमा छन् ।- रासस

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस