आउँलान् र च्याप्प समातौला भनेर कुरेर बसेको प्रहरी बाटो हेर्दै, सन्दीप भने सम्पर्कविहीन

    २९ भाद्र २०७९, बुधबार १७:३५  मा प्रकाशित
193 जनाले पढ़िसके









काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा पनि राखिसकेको छ । प्रहरीले उनी नेपाल आउने बित्तकै पक्राउ गर्ने सुरमा छ । १७ वर्षीया नाबालिग बलात्कार गरेको आरोपमा आफूविरूद्ध पक्राउ पुर्जी जारी भएलगत्तै उनी क्यानको सम्पर्कमा आएका थिए । तर अहिले ७ दिन भइसक्दा पनि उनी सम्पर्कमा नभएको स्रोतको भनाई छ ।

टी-२० खेल खेल्न केन्या गएका उनी अहिले कहाँ छन् र के गर्दैछन् धेरैले चासो लिइरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरु पनि उठ्न थालेका छन् । यता, प्रहरी सन्दीप आउलान् र च्याप्प समातौँला भनेर कुरेर बसेको छ । तर उनी भने चक्मा दिँदै केन्यबाट दुबई हानिएका छन् ।

सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताइरहेको भएता पनि उनी अहिले न क्यानको सम्पर्कमा छन् न प्रहरीलाई नै उनले कुनै खबर गरेका छन् । गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक पटक बलात्कार गरेको आरोप उनीमाथि छ। प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भरत बोहराले सन्दीप प्रकरणमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई अब पर्खिने समय सकिएको र प्रक्रियागत तरिकाले प्रहरी अगाडी बढीसकेको उल्लेख गरे । यद्यपी इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले केही बोलेनन्

जाहेरीमा पीडित बालिकाले सामाजिक सञ्जाल स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गरेको र पछि प्रलोभन देखाइ भेट्न बोलाएर जबरजस्ती गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । गएको ५ गते नगरकोट घुमाउन लगेको र फर्किने क्रममा काठमाडौंको एक होटलमा बसौं भनेर जबर्जस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस