भारतबाट घटेर आयो डिजल, पेट्रोल र हवाई इन्धनको मूल्य

    २ आश्विन २०७९, आईतवार ०८:१७  मा प्रकाशित
181 जनाले पढ़िसके









भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बतायो ।

डिजलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाई इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।

यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन । यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर प्राप्त भएको हो ।

अब इन्धनको नयाँ उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्नुपर्नेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस