सिक्लेस हाइड्रोपावरकाे आईपीओ बाँडफाँड सम्पन्न, छिटाे नतिजा यसरी हेर्न सकिन्छ

    ११ आश्विन २०७९, मंगलवार ११:०८  मा प्रकाशित
131 जनाले पढ़िसके









काठमाण्डाैं

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २९ गतेदेखि असाेज २ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असाेज ११ गते, मंगलबार) सम्पन्न भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले एक अर्ब ७२ करोड ४४ लाख ३८ हजार रूपैयाँ बराबरकाे एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । आईपीओ आवेदन दिनेहरु मध्यमा १ हजार २ सय ५१ जनाको आवेदन रद्द भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ५ हजार ८ सय जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हात खाली भएको छ ।

कसरी हेर्ने नतिजा ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको बिभिन्न तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइटबाट सबैभन्दा छिटाे देखाउने छ । त्यस्तै निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटकाे वेभसाइट, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ । साथै अन्य बिभिन्न एपहरुमा पनि उपलब्ध हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस