दैनिक नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, आज कतिमा हुँदैछ किनबेच?

    ११ आश्विन २०७९, मंगलवार १४:४४  मा प्रकाशित
184 जनाले पढ़िसके









अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरिरहेको छ। मंगलबार डलर हालसम्मकै महँगो भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १३० रुपैयाँ ९० पैसा खर्चिनु पर्ने हुन्छ।

यस्तै, मंगलबार खरिददर पनि १३० रुपैयाँ ३० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदमा भने १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८५ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४१९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ४२१ रुपैयाँ ५० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४७ रुपैयाँ १९ पैसा तोकिएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस