पूर्वप्रधानमन्त्री ओली ५ हजार मिटरमाथि उडिरहेको हेलिकोप्टरबाट खसेपछि….

    २२ आश्विन २०७९, शनिबार ०७:५९  मा प्रकाशित
498 जनाले पढ़िसके









काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता यतिबेला भाइरल भएको छ । सञ्जय सिलवाल गुप्ताले पोडकाष्टका लागि रेकर्ड गरेको अन्तर्वार्तामा ओलीले आफू पाँच हजार मिटरमाथि उडिरहेको हेलिकोप्टरबाट खसेको भनेपछि यो अन्तवार्ता भाइरल भएको हो ।

उनले उक्त अन्तर्वार्तामा ओलीले भने, ‘मैले पटक–पटक धेरै नजिकैबाट मृत्युलाई देखेको छु । मेरो कानको छेउबाट चुइँक–चुइँक गर्दै गोलीहरू गको सुनेको छु । म पाँच मिटर माथीबाट हेलिकप्टरबाट खसें दुर्घटना भयो । त्यो खस्दै गर्दाको क्षण पनि अनुभव गर्या छु । म चडेको गाडी पल्ट्यो कान्लाबाट, पल्टेर तल्लो कान्लामा झर्दा खेरीको अनुभव पनि गर्या छु । अझ धेरै कान्ला झरेको भए त अनुभव गर्नै पर्ने थिएन । तर, त्यो अनुभव गर्या छु । एक कान्ला पल्टिएर, मोटरसाइकल दुर्घटनामा २/४ पल्ट मोटरसाइकलबाट खस्या छु । र, म खोलो तर्न खोज्दाखेरी लगभग १५/२० किलोमिटर बगेर मात्र पार गर्न सक्या छु ।’

सञ्जयले आफ्नो पोडकाष्टका लागि रेकर्ड गरेको रेकर्डमा यस बाहेक उनले थुप्रै कुराहरू बताएका छन् । आफूलाई मार्न गाडीमा राखेर लिँदै गरेको र त्यसैमा आफूलाई मारेर गाड्ने कोदालो पनि लिएको आफ्नै आँखाले देखेको बताएका छन् । सुन्दा किम्बदन्ती कथा जस्तो लाग्ने कुरा उनले भनेका छन् ।

ओलीको यो अन्तर्वार्ता सुन्दैमा पनि मिथ्या लाग्छ । तर, उनी जस्तो जिम्मेवार र दुई पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो कसरी भन्न सकेका होलान् भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कतिपयले उनको अभिव्यक्तिलाई सामाजिक सञ्जाल टिकटकमा ट्रोल बनाएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस