बाथरुममा चिप्लिएर बालकृष्ण ढुंगेलको मृत्यु

    २२ आश्विन २०७९, शनिबार १४:५७  मा प्रकाशित
404 जनाले पढ़िसके









काठमाडौँ — नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।

उनको मृत्यु भएको खबर पाउनासाथ अनुसन्धानका लागि प्रहरी काँडाघारी जाँदै गरेको उनले बताए । ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका थिए ।

एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै बसेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस