स्याङ्जा १ गृह क्षेत्र भएका धनराजलाई २ को टिकट

    २३ आश्विन २०७९, आईतवार ०८:४७  मा प्रकाशित
247 जनाले पढ़िसके









काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट उम्मेवार बन्ने भएका छन् । स्याङ्जा १ गृह क्षेत्र भएका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट पाएका हुन् ।

उनको प्रतिस्पर्धा नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग हुने छ । गुरुङको यो पहिलो चुनावी प्रतिस्पर्धा हो ।

स्याङ्जा क्षेत्र नम्बर १ मा जिल्ला सभापति राजु थापालाई कांग्रेसले टिकट दिएको छ । सत्ता गठबन्धनको भागबण्डामा प्रतिनिधि सभातर्फ स्याङ्जाका दुबै क्षेत्र नेपाली कांग्रेसले पाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस