इस्टर्न हाइड्रोपावरको आइपीओमा आजदेखि बिक्री खुल्ला ,कति दिने आबेदन

    २८ आश्विन २०७९, शुक्रबार ०८:०९  मा प्रकाशित
193 जनाले पढ़िसके









काठमाडौं : इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आज शुक्रबार असोज २८ गतेदेखि आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले आज कार्यालय समयदेखि कम्पनीको आइपीओमा अवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ५% अर्थात् ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई ‘केयर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ मंसिर २२ गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी मंसिर २१ गतेसम्म बाहल रहनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस