कतै बिर्सिनु भएकाे त छैन् ? एक कम्पनीकाे आईपीओ खुलिसकेकाे छ

    २८ कार्तिक २०७९, सोमबार १२:४४  मा प्रकाशित
92 जनाले पढ़िसके









काठमाण्डाैं

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको शेयरमा ६ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ४ः०३ बजेसम्ममा ६ लाख २१ हजार २५२ जना आवेदकबाट ७५ करोड ३० लाख रुपैयाँ बराबरको ७५ लाख ३० हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको १.४६ गुणा बढी हो । कम्पनीले शुक्रबारदेखि ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकाेले कात्तिक २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको जनाउँछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस