बालेनलाई ओलीले घुमाएर हाने झटारो , खम्बा बनेर लिए सुकुम्बासीको पक्ष

    १४ मंसिर २०७९, बुधबार १४:४१  मा प्रकाशित
101 जनाले पढ़िसके



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको आलोचना गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए ।







‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?’

काठमाडौं महानगरका नगरप्रहरी प्रमुखले सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।

ओलीले उन्मुत्तले कुनै पनि समस्या समाधान नहुने पनि बताए ।

ओलीले फुसका छाप्रा भत्काउन डोजर लगिएको भन्दै आपत्ति जनाए । भने, ‘छाप्रा भत्काउन पनि डोजर, मान्छे कुल्चिन डोजर ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस