काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा कायम भएको छ ।
यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले बढेर ३८३.६६ बिन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज सेयरबजारमा एक अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
एनसीसी बैंक, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन डिष्टिलरी, नेष्डो समृद्ध लघुवित्त, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट्स, शाइन रेसुङ्गा विकास बैंक, जीवन विकास लघुवित्त, नेपाल टेलिकम सर्वाधिक कारोबार भएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस