बिहेको कुरा थियो, कुरा नमिलेपछि सशस्त्र प्रहरीले घाटीँ रेटेर मारिदिए

    १५ मंसिर २०७९, बिहीबार २१:१२  मा प्रकाशित
331 जनाले पढ़िसके



फोटो स्रोतः सिमारेखा डटकम

बलपुर माध्यमिक विद्यालय सैलोडामा अध्ययन गर्थिन्, २१ वर्षिया माया लुहार। घरको आर्थिक अवस्था राम्रो थिएन्, त्यसैले उनी ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी बनिन्। र, छिमेकी शिवनाथ गाउँपालिकामा खटिइन्।







शिवनाथ–४ का भरत कोली पनि घर विदामा आएका थिए। उनी पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिए। माया र भरतका बीच भेटघाट गर्ने सल्लाह भएरै विदामा आएको घटनाक्रमहरुले देखाएको छ।

उनीहरुको बीचमा चुनावको बेला मात्र होइन्, त्यसअघि पनि फोन र म्यासेन्जरमा कुराकानी हुने गरेको खुलेको छ। ‘म तिम्रो बहिनीसँग बिहे गर्छु’ भन्दै भरतले मायाको दाजुलाई यसअघि नै प्रस्ताव राखेको परिवारका सदस्यले बताए।

‘जात मिल्ने, जागिरे पनि भएकाले मायाको परिवारबाट कुनै रोकतोक थिएन्, उनीहरु विवाह गरिदिनेमा राजि थिए,’ स्थानीयसमेत रहेका पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले भने, ‘बुवाको पहिल्यै मृत्यु भइसकेको थियो, बहिनीको मन मिल्छ भने बिहे गर्दिन्छु भन्दै दाई घरसल्लाहमा थिए।’

चुनावका बेला माया पनि भरतकै गाउँतिर खटिएकी थिइन्। उनीहरुका बीच फुर्सद मिलाएर कुराकानी हुने गरेको खुलेको छ। ‘भरत मायाप्रति बढी नै क्रेजी देखिन्थे, तिमी बाहेक अरुसँग बिहे गर्दिन भन्दै अड्डी कस्थे,’ मायाकी एक साथीले नाम उल्लेख नगर्ने सर्तमा भनिन्।

बिहेको कुराकानी चलिरहेको बेला भरतले अचानक मायाको हत्या किन ग(योरु प्रहरी अहिले यसको रहस्य पत्ता लगाउनतर्फ केन्द्रीत छ।उनीहरुको ध्यान अहिले मायाको मोबाइलमा अडकिएको छ। जुन मोबाइल भरतको कब्जामा थियो।

चुनाव सकिएपछि स्थानीय कुलाव बजारमा दुबै जनाको भेट भएको थियो।खाजा खाएर गफिएपछि घर जाने बेलामा भरतले मोबाइल खोसेका थिए। त्यो दृष्य धेरैले देखेका थिए। त्यो मोबाइल अहिलेसम्म फेला पर्न नसकेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेम शाहीले बताए।

मायाको मोबाइलबाट उनका साथीहरुसँग भरतले फेसबुक म्यासेन्जरमा कुराकानी गरिरहेको खुलेको छ।

को–कोसँग के–के संवाद भए त्यो अझै खुलेको छैन्।

तर मायाका अन्तरंग साथीहरुसँग भरतले कुराकानी गरेको हुनसक्ने प्रहरीको आशंका छ। ‘त्यसक्रममा युवतीको अरुसँग पनि अफेयर भएको शंका भरतले गरेको हुनसक्छ,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो।

प्रहरीका अनुसार हत्या योजनावद्ध ढंगले भएको देखिन्छ। ‘बिहे गर्न तयार भएकी युवतीलाई भरतले घनघोर जंगलमा बोलाएका थिए। र, साथमा हतियार पनि।

‘मोबाइलबाट मायाका केही सिक्रेट कुरा थाहाँ पाएर योजनावद्ध ढंगले मर्डर गरेको हुनसक्ने सम्भावना छ,’ स्रोतले भन्यो।

शिवनाथ मन्दिर क्षेत्रको जंगल सुनसान हुन्छ। दिनमा हिडडुल कम हुन्छ। त्यस्तो स्थानमा विश्वासकै कारण युवती भेटन गएकी थिइन्। मायासँग भदैनी नेहा पनि थिइन्।

जंगलको बीचमा पुगेपछि भरतले हामी एकछिन कुराकानी गछौँ भन्दै नेहालाई टाढा पठाएका थिए। धेरै बेरसम्म उनीहरुसँग छुट्टिएर नेहा एक्लै बसिन। ढिलो भएपछि हेर्न गएको उनले प्रहरीलाई बयान दिएकी छन्।

फुपुको हत्याले अत्तालिएकी नेहा चिच्याएपछि भरतले चक्कुले उनको घाँटीमा प्रहार गरेका थिए। दोस्रो पटक प्रहार गर्न खोज्दा नेहाले प्रतिकार गरेको र त्यसक्रममा चक्कु भाच्चिएको प्रहरीले जनाएको छ।

त्यसपछि भरतले नेहालाई लखेटेका थिए। घटनास्थल भन्दा केही तल उनको क्याप फेला परेको छ। चक्कु पनि बरामद भएको छ।

अहिले भरत फरार छन्। उनको खोजीका लागि शिवनाथ र पञ्चेश्वरमा भने व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

बुधबार मायाको शव शिवनाथ मन्दिर छेउको टेलिफोन टावर नजिक फेला परेको थियो। नेहा त्यहाँबाट अलिक टाढा बाटोमा घाइते अवस्थामा भेटिएकी थिइन्।

उनीहरु घरबाट लुगा सिलाउन कुलाव बजार जान्छौँ भनेर हिडेका थिए। उनीहरु त्यहाँ नगएर भरतलाई भेटन शिवनाथतर्फ गएको खुलेको छ।
यो खबर सिमारेखा डटकममा छापिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस