घर फर्किने क्रममा बाटोमा ए’क्कासी बेहोस भएका वडाध्यक्ष जोशी सधैका लागि अस्ताए

    १५ मंसिर २०७९, बिहीबार २२:०४  मा प्रकाशित
116 जनाले पढ़िसके



डोटी-डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो ।बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो । जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।







यो पनि: महोत्तरीमा भोट नदिएको भन्दै एमालेका कार्यकर्ताबाट कुटपिट,७ जना गम्भी घाईते, महोत्तरी, १५ मंसिर :निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाईते भएका छन् । महोत्तरी क्षेत्र नं। १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् ।

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् ।

‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो,’ कुटाइबाट बगेको रगत लागेको कपडा लगाएका र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भने,

‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहि आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’ कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपरछानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताए ।

त्रासमा स्थानीय – घटनापछि स्थानीय रातभर जाग्राम बस्ने गरेको बताएका छन् । को, कतिबेला आएर के गर्ने हो भन्ने चिन्ताले पालैपालो रातभर जागा बस्ने गरेको स्थानीय नरेश मण्डलले बताए । ‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो गर्दा पनि प्रहरी मुकदर्शक बन्यो,’ मण्डलले भने, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’

मधेश प्रदेश गृहमन्त्री पनि घटनास्थलमा – मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह पनि गौशालाको निगौलमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । स्थानीयसामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले भने, ‘यदि स्थानीय प्रशासनबाट पनि त्रुटी भएको रहेछ भने अपराधीलाई सहयोग गर्ने प्रहरीलाई पनि कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस