काठमाडौबाट थाइल्याण्ड उडेको नेपाल एयरलाइन्सको जहाज ठूलो दु’र्घटनाबाट बच्यो

    १५ मंसिर २०७९, बिहीबार २२:०९  मा प्रकाशित
136 जनाले पढ़िसके



कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिए पछि काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको जहाज बंगलादेशमा आकस्मिक अवतरण गरिएको छ ।

नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरे लगत्तै अवतरण गरिएको नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिएका छन् ।







जहाजलाई बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । ।आरए ४०१ उडान नम्बर रहेको ए ३२० जहाजको कार्गोमा रहेको सामान झारिएको थियो । सामान झारे पछि जहाजलाई अहिले बैंकक उडाउने तयारी भइरहेको छ ।

इण्डिकेटरले धुँवा उठेको संकेत गरेपनि अवतरण पछि चेकजाँच गर्दा कुनै खराबी नदेखिएको सहायक प्रवक्ता घिमिरेले बताए । सो जहाजमा १५२ जना यात्रु सवार रहेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस