कोठा भाडामा लिई दुख गरेर छोराछोरि पालेकी उषा राईलाई, धरानका आमा समूहद्वारा नि’र्घात कु’टपिट गर्दा भयो मृत्यु

    १५ मंसिर २०७९, बिहीबार २२:१७  मा प्रकाशित
181 जनाले पढ़िसके



धरान – धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइलाई धरानको आमा समूहले कु टपिट गरेको खुलेको छ । धनकुटा घर भएकी उषा राइलाई धरानको आमा समूहले कु टपिट गरेको बुजिएको हो । विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको आज २ः४० मा मृत्यु भएको प्रहरिले जनाएको छ ।

सिलाई बुनाईकाे कार्य गर्ने श्रमिक महिला उषालाई शंकाको भरमा जनजागरण आमा समुहबाट निर्घात कु टपिट गरेको आफन्तले जनाएका छन् । मृतककी छोरी स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपि सामूहिक रुपमा कु टपिट गरेको जनाएकी छिन्। मृ’तक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरी सिलाई बुनाईको काम गरी छोराछोरि पाल्दै आएकि थिइन्।







उनका श्रिमानको समेत मृत्यु भइसकेको छ । उषाको समेत मृत्यु भएपछि सन्तान अभिभावकविहिन बनेका छन्। उषाको मृत्यु पछि मृतकका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरिले दर्ता गरेको छ । उजुरी पश्चात पक्राउ गर्नु जाँदा कु टपिट गर्नेहरु नभेटिएको फरार रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारी दिएका छन्।

डिएसपी बुद्धले भने “ सामूहिक रुपमा कु टपिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। कु टपिटको घटना एक महिना अघिको हो। मृतक उपचार भईसके पछि आज मृत्यु भएको हो। कु टपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ” उनले भने ।

यो पनि: आजको मौसम कस्तो छ ? काठमाडौं, १४ मंसिर : मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुने आकलन गरिएको छ । राति प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने ठानिएके छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस