अन्तत रवि जेल जाने, उकेराले गर्यो प्रमाण नै लिक (प्रमाणसहित)

    १८ मंसिर २०७९, आईतवार १२:१२  मा प्रकाशित
154 जनाले पढ़िसके



केपी ढुगांना / उकेरा डटकम

यो निर्वाचनमा काठमाडौंभन्दा पनि चितवन सबैको केन्द्रमा रह्यो चर्चाका हिसाबले। चितवन क्षेत्र नम्बर ३ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जानु, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार बन्नु, चितवन क्षेत्र नम्बर १ मा विश्व पौडेल उम्मेदवार हुनु, चितवन क्षेत्र नम्बर २ मा उमेश श्रेष्ठ हुनु।







राजनीतिक रूपमा सबभन्दा बढी चर्चा चितवनमा भएकोले यो निर्वाचनमा चितवनमा बसेर त्यहाँको राजनीतिक माहोल के रहेछ भनेर रिपोर्टिङ गर्नुपर्‍यो भनी म चितवन पुगेको थिएँ। म चितवन पुगेको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको उम्मेदवारीविरुद्ध र उनको नागरिकताको सवालमा चितवन जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको जानकारी प्राप्त भयो।

यो भन्दाअगाडि पनि उनको राष्ट्रियताकै विषयमा अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकका रूपमा हकअधिकार प्रयोग गर्ने, नातेदारको भिसामा नेपाल आएर नेपाली नागरिकको रूपमा काम गर्ने, दोहोरो नागरिकता लिने, अमेरिकी नागरिकता लिइसकेको अवस्थामा नेपाली नागरिकता परित्याग गर्नुपर्नेमा सोको जानकारी सरकारलाई नदिएको अवस्था थियो। उनको बारेमा नेपाल प्रेस काउन्सिलमा उजुरी परिसकेपछि पनि आफूले गरेका कानुनविपरीतका गतिविधिहरू स्वीकार गर्नुभन्दा पनि उल्टो उजुरीको छानबिनकर्तालाई मानमर्दन गर्ने किसिमले उनले व्यवहार गरिरहेका थिए। त्यसले गर्दा साँच्चिकै उनले अहिलेसम्म पनि अमेरिकी नागरिकता छोडेको रहेनछन् कि भन्ने शंका लाग्नु स्वाभाविकै हो।

त्यो बेलामा म काठमाडौंमा भएको भए पक्कै पनि यो विषयमा तथ्य प्रमाणहरू संकलन गर्न गाह्रो हुने थियो। किनभने, काठमाडौंबाट फेरि चितवन जानुपर्थ्यो। चितवनमै हुँदा मलाई सहज भयो किनकि नजिकै निर्वाचन कार्यालय थियो। निर्वाचन कार्यालयमा गएर उजुरीकर्ता को होरु उजुरीको विषय के होरु भनेर बुझ्न पाएँ। मैले त्यो विषयमा बुझ्दै जाँदा उनको नागरिकताको विषयमा प्रश्न गरेको हो भनेपछि स्रोतमार्फत् उनको नागरिकताको विषयमा खोजें।

उनले आफ्नै कार्यक्रममार्फत् पनि आफूले आफ्नो नागरिकता सार्वजनिक गरेका थिए। ख्याउटे अनुहार, ढाका टोपी लगाएको त्यो नागरिकता मैले ब्यूँताएँ। माया लाग्छ मलाई त्यसको, म गर्व अनुभूति गर्छु त्यो बोक्दाखेरी भनेर उनले सन् २०१८ न्यूज २४ मा सञ्चालन गर्ने कार्यक्रमबाटै त्यो नागरिकता सार्वजनिक गरेका थिए।

तर, त्यही नागरिकता उनले प्रयोग गरेको हो भने त्यसको कानुनी अवस्था के होरु अथवा उनले त्यो नयाँ नागरिकता निकालिसकेका छन् भन्ने कुरा पुष्टि हुनको निम्ति उनले उम्मेदवारी दर्ता गर्दा पेश गरेको नागरिकता कुन हो भन्ने चिज महत्वपूर्ण थियो। त्यसैले, पुरानो नागरिकताको कुनै सवालै भएन। उनले उम्मेदवारी दर्ता गर्दाको नागरिकताको प्रतिलिपिको मुख्य कुरा भयो। नागरिकताको प्रतिलिपि खोज्ने क्रममा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बाट २०५० निकालेको नागरिकता नै पेस गरेको देखियो।

बुझ्दै जाँदा उनले प्रयोग गरेको त्यो नागरिकता उनी अमेरिकी नागरिक हुँदाको पुष्टि भएसँगै गृह मन्त्रालयले खारेज गरेको देखियो र उनले कानुनअनुसार जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता पुनःप्राप्तिका लागि निवेदन दिएर नागरिकता पुनः ब्यूँताएको नदेखिएपछि मैले नागरिकतासहित उकेरा डटकममा समाचार प्रकाशन गरें।

उकेरा डटकममा समाचार प्रकाशित गर्नु भन्दाअगाडि पटक(पटक रवि लामिछाने र उनीसँग निकट भएका व्यक्तिहरूमार्फत् त्यसको पुनर्पुष्टि गर्ने प्रयास गरें। तर, उनीहरू कोही पनि सम्पर्कमा नआइसकेपछि र मैले मेरो आफ्नो खोजबाट सोही नागरिकता पेश भएको र रविले सोही नागरिकता पेश गरेको हो भने उनको उम्मेदवारी खारेज हुनसक्ने देखिएकोले मैले सो समाचार प्रकाशित गरें।

समाचार प्रकाशित गरिसकेपछि रविले त्यो स्वीकार गर्नुभन्दा पनि मलाई परिबन्धमा पारे। ‘मलाई फसाउन खोजिँदैछ’ भन्ने प्रकृतिले चितवनका मतदातालाई दिग्भ्रमित पार्ने किसिमले सार्वजनिक अभिव्यक्ति दिए। यस विषयमा मैले निरन्तर रूपमा उकेरामा समाचार प्रकाशन गर्दै आएँ।

मेरो कामै समाचार लेख्ने हो।

हिजोका दिनमा रवि लामिछानेले आफ्नो कार्यक्रममार्फत् प्राप्त गरेको तथ्य प्रमाण र उनका रिपोर्टरहरूले लिएको विवरणका आधारमा जे(जस्तो सामग्रीहरू प्रसारण गर्थे, यदि आज उनी राजनीतिक रूपमा नभएर न्यूज(२४ अथवा ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहेका हुन्थे भने पनि यस्तो विषयमा हामी सचेत थियौं नै। मैले उनको जस्तो उग्र शैली होइन, सबै तथ्य प्रमाणहरू खोजी गरेर सार्वजनिक गरें। तर उनी जवाफदेही भएनन्। मैले पटक(पटक सम्पर्क गर्ने प्रयास गर्दा उनले जवाफ दिएनन्।

निर्वाचन आयोगमा उजुरी पर्‍यो। निर्वाचन आयोगले त्यो उजुरीलाई मतदानको मतपरिणाम सार्वजनिक हुनु भन्दाअगाडि निर्णय गर्नुपर्ने थियो। तर, क्षेत्राधिकार होइन भनेर तामेलीमा राख्यो।

रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भए। यस विषयमा जे(जस्ता घटनाक्रमहरू विकसित हुँदै गइरहेका थिए त्यसलाई हामीले उकेरामा निरन्तर रुपमा प्रकाशित गर्दै गयौं।

यहीबीचमा स्रोतबाट उनले अमेरिकन राहदानी हुँदाहुँदै नेपाली राहदानी पनि लिएका छन् भन्ने सूचनाका आधारमा खोज्दै गयौं। यसरी खोज्दा उनले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएको र नेपाल आएलगत्तै आफू अमेरिकी नागरिक भएको कुरा लुकाएर सन् २०१५ मा नेपाली राहदानी लिएको प्रमाण मैले फेला पारें। राहदानी विभागबाट त्यो भेरिफाई गर्दा मैले प्राप्त गरेका डकुमेन्टहरू सरकारी दस्ताबेजअनुसारकै देखिएपछि मैले त्यो समाचार प्रकाशित गरें। समाचार प्रकाशित गर्नुभन्दा अगाडि मैले उनलाई सम्पर्क गर्ने प्रयास गरें। उनको एनसेल नम्बरमा लागेन। सायद, मलाई ब्लक गरेका थिए वा प्राविधिक कारण हो बुझ्न सकिएन। त्यसपछि मैले उनलाई एसएमएस गरें।

एसएमएसको जवाफ आएन। मैले उनीसँग ‘एसएमएससँग के विषयमा सम्पर्क गर्न खोजेको हुँ’ भनेर सामाजिक सञ्जालमा सार्वजिनक गरें। पक्कै पनि सामाजिक सञ्जालबाट उनले यो विषयमा जानकारी प्राप्त गरेकै होलान्। लगभग पाँच(छ घण्टा मैले उनको उत्तरको प्रतिक्षा गरें। उनीबाट उत्तर नआइसकेपछि मैले समाचार प्रकाशित गरें। समाचार प्रकाशित गरिसकेपछि उनका प्रशंसकहरूबाट गाली खाने कुरा त स्वभाविकै भयो। धेरै गाली खाइयो।

रवि लामिछानेविरुद्ध पछि किन लागेको भने। जसले बुझ्छ यो पत्रकारको काम हो, तथ्य प्रमाण केलाएर लेख्ने भन्ने बुझ्ने हो। जसले अन्धभक्ति गर्छन् उनीहरूलाई मैले के नै भन्नु थियो र ?

रविसँग मेरो व्यक्तिगत दुश्मनी केही पनि छैन। मेरो लेख्ने काम हो। मैले लेखिरहेको छु। मैले पेशागत धर्म निर्वाह गरेको हुँ। पेशागत धर्म निर्वाह नगरी आचारसंहिता भन्दाबाहिर गएर मैले काम गरेको थिएन। केही राम्रा काम गरेकै आधारमा रवि लामिछाने भगवान् हुने र रवि लामिछानेले कानुन विपरीत गरेका गतिविधि सार्वजनिक गर्दा म राक्षस हुने पक्कै पनि हुन्न। भोलिको दिनमा त म सही हो अथवा रवि लामिछाने सही हुन् भन्ने पुष्टि हुँदै जाने कुरा हो। प्रहरीले यसको आधिकारिक रूपमा छानबिन अगाडि बढाइसकेकोले को सही को गलत भन्ने त कानुनी रूपमै निर्भर हुने आशा मेरो छ।

यहीबीचमा बिहीबार हाम्रा बुटवलका संवाददाताबाट एउटा सहकारीले बचतकर्ताहरूको रकम फिर्ता नदिएको र त्यो सहकारीको सचिव वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन रहेको समाचार आयो। हामीले तथ्य(प्रमाण हेर्‍यौं। त्यो तथ्य(प्रमाणमा उनले पठाएका चिजहरूबाट हेर्‍यौं। तथ्यमा आधारित भएको हुनाले हामीले समाचार प्रकाशित गर्‍यौं।

म घर आएँ। घर आएर साढे १२ बजेतिर दीपेश पुनको समाचारमा सीके राउत र प्रचण्डले हात मिलाइरहेको तस्बिर भएको पठाएर यो के भयोरु भनेर बुटवलको साथीले पठाए। हेडलाइन जस्ताको तस्तै थियो। ओहो१ के गलत भएछरु फोटो चाहिँ गलत परेछ कि क्या होरु भनेर मैले सिएमएसभित्र छिरेर हेर्दा त कन्टेन्ट त केही पनि छैन।

कसले यस्तो गर्‍योरु भनेर मलाई पनि रिस उठ्यो। मैले कहिलेकाँही गलत हुन सक्छ, कार्यालयभित्रबाट पनि बदमासी हुन सक्छ भनी मैले जो(जोसँग सिएमएसको एक्सेस थियो युजरनेम र पासवर्ड भएकाहरूसँग बुझें। मध्यरात भइसकेकोले सबैसँग सम्पर्क हुन सकेन। त्यसपछि मैले बिहानको डेस्कमा काम गर्ने उकेरा सहकर्मीलाई फोन गरेर फेरि उक्त कन्टेन्ट मागेर सम्पादन गरी पोष्ट गरें। समाचार पोष्ट गर्नुभन्दा पहिले नै सिएमएसको पासवर्ड चेञ्ज गरें। अरू सहकर्मी सबैको एक्सस हटाएर मेरोमा मात्र सिंगल एक्सस मैले बनाइसकेको थिएँ। मैले त्यो समाचार फेरि हाले। समाचार हालेको १० मिनेटमा फेरि डिलिट भयो।

त्यसपछि म आश्चर्यमा परें। अनधिकृत रूपमा कसै न कसैले सिएमएसभित्र प्रवेश गरिरहेको छ भन्ने मलाई शंका लाग्यो। त्यसपछि प्रमाणको रुपमा यसले भ्रम पैदा गर्नसक्छ भनेर साढे १ बजेतिर ट्वीट गरें। हेर्दै जाँदा त रवि लामिछानेसँग सम्बन्धित दुई वटा समाचार, दीपेश पुन जोडिएको एउटा समाचार र थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर लगाएर हटाउने बेलामा जे भएको थियो त्यसको फिल्ड रिपोर्टिङ लगायतका पाँच वटा समाचारहरू सिएमएसभित्रै प्रवेश गरेर डिलिट गरिएको रहेछ।

हेडलाइन पनि परिवर्तन भएको रहेछ। असम्बन्धित फोटोहरू राखेको पनि देखियो। सिएमएसको पासवर्ड परिवर्तन गरेर मैले साथीहरूलाई यो विषयमा जानकारी दिएँ। मध्यरात भएकोले डेभलपर र सर्भर होस्टिङ गर्नेसँग सम्पर्क हुन सकेन।

शुक्रबार बिहानैबाट सर्भर होस्टिङ गर्ने जुन कम्पनी हो त्यसलाई जानकारी गराएर हामीले प्राविधिक अनुसन्धान अगाडि बढायौं। त्यो प्राविधिक अनुसन्धानबाट १२स्१५ देखि निरन्तर रूपमा सर्भरमाथि विभिन्न ठाउँहरूबाट अट्याक भएको देखिएको छ। हामी सिएमएसको लगइन डेटा कलेक्शन गर्दैछौं। त्यसबाट सो समयमा कहाँ(कहाँबाट लगइन भयो र क(कसले के(के गतिविधि गर्‍यो भनेर पक्कै पनि खुल्ने छ।

अहिलेको अवस्थामा जुन प्रकारका कन्टेन्टहरू डिलिट भएका छन्, त्यसले एउटा दृश्य त देखाउँछ। स्पेसिफिक रवि लामिछानेको राहदानीसम्बन्धी समाचार, रवि लामिछानेको जस्तै मुद्दा प्रक्रिया भारतमा पुगेकी एक जना नेपाली चेलीको मुद्दा प्रक्रिया अगाडि बढेको र पटना उच्च अदालतले मतदातामा सूची हुनु, प्यान कार्ड हुनु मात्र भारतीय नागरिक हुनुको प्रमाण होइन, भारतीय नागरिक हुनको निम्ति भारतीय संविधानले तोकेको भारतीय नागरिकता ऐनले तोकेको प्रक्रिया सुरू गरेर लिनुपर्छ अनि मात्र भारतीय नागरिक हुन्छ भनेर जुन आदेश दिएको थियो ठ्याक्कै मिलेर अहिले रवि लामिछानेको केससँग मिलेको छ, त्यो सम्बन्धी समाचार डिलेट भएको छ।

पुनसम्बन्धी समाचार डिलेट हुनु, थापाथलीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अहिले आलोचित भइरहेका छन्, त्यसप्रतिको थापाथली सुकुम्बासी बस्तीको फिल्ड रिपोर्टिङमा आएका ती समाचारका सामग्रीहरू मात्र डिलिट गर्नुले अर्को खालको दृश्य देखाएको छ। तर, अहिले हामी फलानोले नै यो गर्‍यो भनेर प्रमाणित तथ्य दिन सक्दैनौं, हामी कसैलाई पनि दोष दिँदैनौं।

भोलि सर्भरको प्रतिवेदन आइसकेपछि र सर्भरको सँगै सिएमएसको लगइनको प्रतिवेदन आइसकेपछि ती दुईटै प्रतिवेदन समेटेर उकेराको प्रकाशन संस्था पाथसिड नेपालको तर्फबाट साइबर ब्युरोलाई अनुसन्धानका लागि हामी आग्रह गर्दैछौं।

अहिलेसम्म उकेराले रवि लामिछानेका विषयमा जे(जस्ता समाचारहरू प्रकाशित गरेको छ, ती कुरा आधिकारिक अनुसन्धानको दायरामा आइसकेका छन्। गृह मन्त्रालयमा परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरीले यसलाई अनुसन्धान अगाडि बढाइसकेको छ। पक्कै पनि निष्कर्ष आउने नै छ। उकेरामा प्रकाशित समाचारहरू झुटा हुन् कि रवि लामिछानेको कानुनी हैसियत र उनले जसरी ढाँटेर राहदानी निकाले भन्ने विषयमा स(प्रमाण हामीले प्रकाशित गरेको समाचार झुटो हो, या रवि लामिछानेको बारेमा उकेराले प्रकाशित गरेको समाचार सत्य हो भन्ने त प्रहरी अनुसन्धानमा खुल्ने नै छ।

हाम्रो केही पनि धारणा छैन। हामीले प्रकाशित गरेका समाचारहरू झुटो रहेछ भनेर कानुन अनुसार कारबाही होस्। यदि रवि लामिछानेले नेपालको कानुन उल्लंघन गरेका छन् भने हिजो सञ्चारकर्मीको आडमा जसरी उनी कानुनी कारबाहीबाट जोगिँदै आएका थिए, राजनितिमा प्रवेश गरेर उनी राजनीतिक आडमा २१ जना सांसदको आडमा उनले गरेका कानुनविपरीतका गतिविधिबाट उनी नजोगिउन् भन्ने मात्र हो।

सञ्चारकर्मीले भन्ने र कानुनी राज्यको पक्षमा वकालत गर्नेहरूले सोच्ने यही कुरा हो। रवि लामिछानेसँग मेरो कहीँकतै केही पनि दुश्मनी छैन। उकेराको कहीँकतै केही पनि दुश्मनी छैन।

सञ्चारकर्मी भनेको खराब गर्ने मान्छेले खराब गर्‍यो भनेर तथ्य प्रमाणले जे देखाउँछ त्यही लख्ने हो। त्यो लेख्दाखेरी कतिपयलाई ओहो यसको त केही व्यक्तिगत दुश्मनी रै’छ कि क्या हो भन्ने जस्तो लाग्न सक्छ। हाम्रो पेशा नै लेख्ने हो। जे देखिन्छ, प्रमाणले जे देखाउँछ त्यो लेख्ने हो।

हिजो रवि लामिछानेले जे(जे गर्थे उनको व्यक्तिगत दुश्मनी थिएन। न्युज(२४ टेलिभिजनमा सीधाकुरा जनतासँग कार्यक्रम उनले चलाए। जसरी ग्यालेक्सीमा पनि चलाए। उनले कार्यक्रम सञ्चालन गर्दा जो(जो व्यक्तिहरूविरुद्ध सामग्री प्रसारण गरे ती सबैसँग रवि लामिछानेको दुश्मनी थियो तरु थिएन नि। त्यही भएर मेरो पनि रवि लामिछानेसँग कुनै दुश्मनी छैन। मैले पत्रकारिताको धर्म निर्वाह गरेको हुँ। रवि लामिछानेले कानुनी राज्य मान्ने, कानुन मान्ने नागरिकको भूमिका निर्वाह गरून्।

रवि जेल जानका लागि पर्याप्त प्रमाणहरु

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस